एसइई परीक्षाबारे चाँडै निर्णय हुन्छ : शिक्षामन्त्री श्रेष्ठ

553

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कोभिड–१९ को महामारीका कारण स्थगन भएको २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को ढाँचाबारे चाँडै टुंगोमा पुगिने बताएका छन् ।

गत वर्ष सम्बन्धित विद्यालयलाई आन्तरिक मूल्याङ्कन गराइ प्रमाणीकरण गरिएको थियो ।

मन्त्री श्रेष्ठले शुक्रबार सिंहदरबारस्थित कार्यकक्षामा पद बहालीपछि निर्देशन दिँदै महामारी रोकथाममा शिक्षा क्षेत्रले गर्न सक्ने सहयोगका विषयमा पनि चाँडै फलफल हुने बताए ।

मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटी)को सन् २०२१–०२५ को पाँच वर्षे रणनीतिसम्बन्धि अध्ययन कार्यदल बनाउने विषयको फाइलमा हस्ताक्षर गरी बहाली गरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...