४ जिल्लाबाहेक ७३ जिल्लामा ‘निषेधाज्ञा’ [सूचीसहित]

438

काठमाडौं । कोरोना भाइरस संक्रमण तीव्र वृद्धि भएका कारण देशका ७३ जिल्लामा निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार खोटाङ, तेह्रथुम, पूर्वी रुकुम र मनाङ बाहेक सबै जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

कोरोना (कोभिड–१९) संक्रमण महामारीको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाहरूको संख्या ७३ पुगेको हो । सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञा कार्यान्वयनमा थप कडाइ गर्नसमेत गृह मन्त्रालयले निर्देशन दिएको छ ।

केही जिल्लामा पूर्ण निषेधाज्ञा लगाइएको छ भने केहीमा निश्चित क्षेत्र तोकेर निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा नै कोरोना सङ्क्रमण नियन्त्रणको महत्वपूर्ण विकल्प भएकाले मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले काठमाडौं उपत्यकालगायत तराईका जिल्लामा पाँच सय र पहाडी जिल्लाहरूमा २ सयभन्दा बढी सङ्क्रमित फेला परेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निषेधाज्ञा जारी गर्ने अधिकार दिएको थियो ।

निषेधाज्ञा_जारी_सम्बन्धी_विवरण 30
Share This:
सम्बन्धित खबर
Loading...