बाँकेमा उपचाररत थप १० जना संक्रमितको मृत्यु

583

बाँके । बाँकेका विभिन्न अस्पतालहरुमा थप १० जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

कोभिड संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा ४ जना र मेडिकल कलेज कोहलपुरमा ६ जना गरि थप १० जना संक्रमितको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए ।

मृत्यु हुनेहरुमा नेपालगञ्ज उपमहानगरपालिका–१ का ४३ वर्षीया महिला, राजापुर–६ बर्दियाका ५६ वर्षीया महिला, गुलरिया नगरपालिका–८ बर्दियाका ३२ वर्षीया महिला, तुलसीपुर उपमहानगरपालिका–६ दाङका ४३ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–६ बाँकेका ६४ वर्षीय पुरुष र तुलसिपुर उपमहानगरपालिका–५ दाङका ३५ वर्षीया महिला छन् ।

यस्तै, डुडुवा गाउँपालिका–३ बाँकेका ५० वर्षीया महिला, नरैनापुर गाउँपालिका–५ बाँकेका ४२ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–१२ का ७५ र २९ वर्षीया महिलाको समेत कोभिड संक्रमणका कारण मृत्यु भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्यांक अनुसार हालसम्म बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका १ सय ६३ जना र बाँकेकै नागरिक २ सय १३ जना गरेर ३ सय ७६ जनाले ज्यान गुमाइसकेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...