अक्सिजन अभाव छ ? यी नम्बरमा फोन गर्नुहोस्

300

काठमाडौं । सरकारले अक्सिजन अभाव भएमा खबर गर्न आग्रह गरको छ । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै जाँदा सिकिस्त बिरामीलाई अक्सिजन अभाव भएको छ ।

सरकारले अक्सिजन नपाएकाहरुका लागि ११५४ र ११४० मा फोन गर्न भनेको छ । यो नम्बरमा फोन गरेर नाम टिपाए कतै न कतैबाट अक्सिजनको व्यवस्थापन गर्न सहयोग गरिने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले जनाएको छ ।

हाल देशभरमा २० वटा अक्सिजन प्लान्ट सञ्चालनमा छन् । काठमाडौंमा मात्रै ८ वटा प्लान्ट सञ्चालनमा रहेको छ ।

यस्तै, बिरामीलाई अक्सिजन पुर्याउन युवाहरु पनि स्वफूर्तरुपमा सक्रिय भएका छन् । ‘हाम्रो टिम नेपाल’ र ‘हाम्रो साना प्रयास परिवार’ले अहिले अक्सिजनको सिलिन्डर पुर्याउन सहयोग गरिरहेका छन् । अक्सिजन आवश्यक परे ९८५११०२६५२, ९८५११०२६५३, ९८५११०२६५४, ९८५११६६४३७, ९८४१६६९१७० र ९८५१०५४२८० नम्बरमा फोन गर्न आग्रह गरेका छ ।

Share This:
सम्बन्धित खबर
Loading...