गजल

770

जहाँ हेर्छु त्यहीँ तिम्रो सुन्दर आकृति देखिन्छ
तिमी नभएर होला सायद मलिन प्रकृति देखिन्छ ।

नपस्नु सहर तिमी छोडेर प्यारो गाउँलाई
सस्तै बजारमा प्रेमको विकृति देखिन्छ।

तिमी जे गर्छौँ जसरी चल्छौँ विचार गर
यहाँ त्यसैमा तिम्रो संस्कृति देखिन्छ।

नसम्झ यो कुनै सत्य युग, यो त कलियुग हो
अर्कोलाई लडाइँ आफू जित्ने प्रवृत्ति देखिन्छ।

केही गर्नु पर्दैन तिमी सत्मार्गमा हिँडे पुग्छ
मन जितेशी सबै थोकमा प्रीति देखिन्छ ।

  • खड्ग विक
Share This:
सम्बन्धित खबर
Loading...