डा. डिआर उपाध्यायको ‘आमा’ बोलको गीत सार्वजनिक

553

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डिआर उपाध्यायको ‘आमा’ बोलको गीत सार्वजनिक भएको छ ।

आमाको मुख हेर्ने दिन (मातृसम्मान दिवसको)को छेको पारेर गीतको लिरिकल भिडियो सर्वाजनिक भएको हो ।

यो गीतमा १०५ पटक आमा शब्द प्रयोग गरिएको छ र वर्ल्ड रेकर्डमा दर्ज भएको छ । कृष्ण कार्कीको स्वर रहेको गीतमा सागर अधिकारी ‘शरद’को सङ्गीत र देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ ।

 

नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गरेका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित उनले गीत सङ्गीतका विविध ५२ विधामा विश्व रेकर्ड राखेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...