काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापन र विकासमा आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् ।
कानुन दिवस, २०७८ का अवसरमा शुभकामना सन्देश दिँदै उनले यस दिवसले न्याय, समानता र विधिको शासनको प्रत्याभूतिका लागि क्रियाशील रहन सबैमा थप हौसला र प्रेरण प्रदान गर्ने विश्वास गरे ।
यो दिवस कानुन र न्याय क्षेत्रलाई मात्र नभई सबै क्षेत्र र नागरिकको तहसम्म पनि त्यत्तिकै महत्वपूर्ण भएकाले यसलाई राष्ट्रिय पर्वकैरुपमा मनाउन प्रधानन्यायाधीश राणाले आग्रह गरे ।
विसं. २००९ सालमा आजकै दिन प्रधान न्यायालय स्थापन भएको थियो ।