काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय समितिका अध्यक्ष महन्थ ठाकुर र जसपा नेता राजेन्द्र महतोबीच आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको भेट सम्पन्न भएको छ ।
भेटमा सत्तारूढ नेकपा एमालेका माधव कुमार नेपाल समूहले सामूहिक राजीनामा दिए जसपा तटस्थ बस्ने निष्कर्ष निकालिएको जसपाका नेता डा. सुरेन्द्रकुमार झाले जानकारी दिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २७ गते आह्वान गरिएको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने र अविश्वासको प्रस्ताव पनि नसार्ने सङ्केत गरेसँगै आफूहरु पनि तटस्थ बस्ने नेता झाले बताए ।
एमाले एक ढिक्का भएन भने पनि अर्को गठबन्धन नबन्ने समभावना बढ्यो उनले भने ।