संवैधानिक परिषद्को बैठक सुरु, देउवा र सभामुख अनुपस्थित
कठमाडौं । संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।
बैठकमा संवैधानिक निकायमा रिक्त पदमा पदपूर्ति लगायतको विषयमा छलफल हुने बताइएको छ ।
परिषद्को सदस्य विपक्षी दलका नेता शेर बहादुर देउवा र सभामुख अग्नि सापकोटाले यस अघि नै उपस्थित नहुने बताए पछि बैठक हुने नहुनेमा अन्यौल थियो ।
बैठकमा सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जवरा तथा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना उपस्थित छन् ।