सिसिएमसी बैठक : आन्तरिक हवाई उडान स्थगित गर्न सिफारिस
काठमाडौं । सिसिएमसीको बैठकले १३ वटा नाका सञ्चालन गर्न सिफारिस गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको सिसिएमसीको बैठकले भारतसँग सञ्चालनमा रहेका ३५ मध्ये १३ वटा नाका मात्र सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले आन्तरिक उडान स्थगत गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा एक चौथाइ मात्र कर्मचारी राखेर मात्र सञ्चालन गर्न दिने निर्णय गरेको जनाइएको छ ।
बैठकले उद्योगका कर्मचारी तथा श्रमिकहरुलाई उद्योग स्थल भित्रै बसेर काम गर्न दिने निर्णय गरेको छ । आम जनताले परिस्थिति असाधरण भएपनि व्यवहार साधारण अवस्था जस्तो देखिाएकोले मन्त्रिपरिषद्ले गरेका निर्णहरु कडाइका साथ कार्यान्वयन गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्देशन दिएको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।
बैठकमा मन्त्रालयगत रुपमा बाँडिएका सवारी अनुमतिपत्रको दुरुपयोग बढेको भन्दै अनाधिकृतरुपमा वितरण गरिएका पास नियन्त्रण गर्ने निर्णय गरेको छ ।
क्वारेन्टिनको पालना नगर्ने विदेशीलाई डिपोर्ट गर्ने र स्वदेशीलाई कारबाही गर्ने निर्णय समेत सिसिएमसीले गरेको छ ।