काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत पुर्याउन नसक्दा सरकारविरुद्ध अविश्वासको प्रस्ताव नल्याएको बताएका छन् ।
शुक्रबार आफ्नै निवासमा आज पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले सो कुरा बताएका हुन् । “माओवादी र हामी मिल्दा बहुमत पुग्दैन । जसपाले निर्णय गरेको छैन,” देउवाले भने, “अहिले अविश्वासको मत हालौला पास नहोला । त्यसपछि त फेरि एक वर्ष हाल्नै पाइँदैन ।”
जसपासँग के कुरा भइरहेको छ त भनेर पत्रकारको प्रश्नमा जंगिदै देउवाले भने, “अरे यार कुरा भइरहेको छ नि । यहाँ जम्मै भन्नुपर्छ भन्ने छ र ?”