बाँकेमा कोरोना संक्रमणबाट एकैदिन ११ जनाको मृत्यु

572

बाँके । बाँकेका अस्पतालमा भर्ना भएका ११ जना कोरोना सङ्क्रमितको बिहीबार एकैदिन उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाँकेका ८, कैलालीका २ र बर्दियाका १ जना रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ का ६० वर्षीय पुरुष, वडा नम्बर ९ का ४२ वर्षीय पुरुष, वडा नम्बर ५ का ५५ वर्षीय पुरुष, वडा नम्बर ८ का ३३ वर्षीय पुरुष, वडा नम्बर १७ का ६८ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–११ की ४३ वर्षीया महिला, वडा नम्बर १३ का ५० वर्षीय पुरुष, खजुरा गाउँपालिका–२ की ६७ वर्षीया महिलाको मृत्यु भएको हो ।

यसैगरी बाँकेमा उपचारका लागि आएका बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ३२ वर्षीय पुरुष, लम्कीचुहा नगरपालिका वडा नम्बर १ कैलाली निवासी ४३ वर्षीय पुरुष र टीकापुर नगरपालिका कैलाली निवासी ५१ वर्षीया महिलाको पनि मृत्यु भएको फोकल पर्सन वलीले बताए ।

यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ सय १० पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउँदा उपचारकै क्रममा हालसम्म १ सय ११ जनाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...