कैलाली । कोरोना संक्रमणबाट कैलालीमा थप ३ जना संक्रमितको मृत्यु छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीका अनुसार गोदावरी नगरपालिका–११ को ६३ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका–८ का ४५ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका–१ का ४३ वर्षीय पुरुषका आज बिहान मृत्यु भएको हो ।
१६ गते मात्रै कोरोना पुष्टि भएको गोदावरीका पुरुषको आज बिहान १ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।
यस्तै धनगढी ८ का ४५ वर्षीय पुरुषको गएराति र लम्कीचुहा नगरपालिका–१ का ४३ वर्षीय पुरुषको आज बिहान साढे ४ बजे सेती प्रादेशिक कोरोना अस्पतालमा मृत्यु भएको छ ।