कोरोना अपडेट : २४ घन्टामा थपिए ४,९२८ संक्रमित, ३५ जनाको मृत्यु

704

काठमाडौं । २४ घन्टामा देशभरबाट ४ हजार ९ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १३ हजार १३ हजार ५ सय ६० जनाको नमुना परीक्षणको नतिजामा कुल ४ हजार ९ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ४ हजार ९ सय २८ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको छ । यीमध्ये ३४ हजार १ सय १७ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा १ हजार १ सय २७, ललितपुरमा २ सय ५२ र भक्तपुरमा १ सय ८२ जना गरी उपत्यकामा १ हजार ५ सय ६१ जना संक्रमित थपिएका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ३ सय ३७ जना र भेन्टिलेटरमा १ सय ७ जना उपचाररत छन् ।

बिहीबार देशभर ८ सय ८८ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ८ सय ८८ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ८० हजार १ सय ६७ जना पुगेको छ । निको हुने दर ८८.२ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टा अवधिमा ३५ जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...