भेरी अस्पतालमा उपचाररत थप २ जनाको मृत्यु

433

बाँके । भेरी अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना पुरुष र एक महिला छन् ।

नेपालगञ्न उपमहानगरपालिका–१२ की ३९ वर्षीया महिलाको मंगलबार राति साढे १० बजे मृत्यु भएको थियो भने नेपालगञ्ज उपमहानगरपालिका–१२ का ६५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

फोकल पर्सन वलीका अनुसार ३९ वर्षीया महिलालाई वैशाख ८ गते कोरोना पुष्टि भएकोमा उनको स्वास्थ्य अवस्था बिग्रिएपछि भेरीमा भर्ना गरेर उपचार भइरहेकोमा गएराति मृत्यु भएको हो ।

यस्तै, ६५ वर्षीय पुरुष कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका थिए । तर स्वास्थ्यमा समस्या देखिएपछि उनी वैशाख ५ गते भेरी अस्पतालमा भर्ना गरी उपचारकै क्रममा बुधबार बिहान साढे २ बजे मृत्यु भएको फोकल पर्सन ओलीले बताए ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...