बाँकेमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

624

बाँके । कोरोना संक्रमणबाट बाँकेमा थप ३ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा २ जना बाँके जिल्लाका र १ जना जिल्ला बाहिरका छन् ।

जिल्ला संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार नेपालगञ्ज–३ का २६ वर्षीय पुरुषको नेपालगञ्ज नर्सिङ होमको प्रि आइसोलेसनमा सोमबार राति मृत्यु भएको हो । यस्तै, कोहलपुर–१ की ६० वर्षीया महिलाको मंगलबार बिहान भेरी अस्पतालमा मृत्यु भएको छ ।

यस्तै, दाङ तुलसीपुरबाट उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका ७४ वर्षीया महिलको मंगलबार बिहान मृत्यु भएको फोकल पर्सन वलीले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९८ पुगेको छ । जसमध्ये ९२ जिल्लाका र १०६ जिल्ला बाहिरका रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...