एकै परिवारका ११ सदस्य संक्रमित

227

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एकै परिवारका ११ सदस्यसहित १५ मा कोरोना भाइरस सङ्क्रमण भेटिएको छ ।

सो नगरपालिकाको वडा नम्बर ३ तरहीमा एकै परिवारका ११ मा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । सुनसरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा तरहीकी ९५ वर्षीया महिला उपचारका लागि केही दिनअघि भर्ना हुँदा उनको परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएको थियो ।

वृद्ध महिलामा सङ्क्रमण पुष्टि भएपछि उनको परिवारका १५ सदस्यको पिसिआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको निमित्त प्रमुख यादवले जानकारी दिए ।

केही दिनअघि परिवारका ६० वर्षीय एक पुरुष भारतको राजस्थानबाट फर्किएको निमित्त प्रमुख यादवले जानकारी दिए । सङ्क्रमित ११ जनालाई होम आइसोलेसन गरिएको छ । गोरखापत्र दैनिकबाट

Share This:
सम्बन्धित खबर
Loading...