एमाले नेपाल पक्षको मुद्धामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

426

काठमाडौं । नेकपा एमालेमा माधवकुमार नेपाल समूहले आफूहरुमाथि कारबाही रोक्न माग गर्दै दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सोमबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले अहिले नै कारबाही भइसकेको अवस्था नदेखिएको भन्दै कारबाही रोक्न माग गरेकोमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

वैशाख ६ गते एमाले अध्यक्ष एवम् एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले नेता नेपालसहित २७ सांसद्लाई सांसद् पदबाट किन नहटाउने भनी स्पष्टीकरण माग गरेका थिए ।

निर्वाचन आयोग, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतलाई विपक्षी बनाइएको रिटमा सर्वोच्चले विपक्षीसँग लिखित जबाफ माग गरेको छ ।

त्यस्तै, यो विवादको विषयवस्तुको प्रकृति चाँडै निरुपण हुनुपर्ने देखिएकाले अग्राधिकार दिन पनि आदेश दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...