पहाडमा २०० र सहरमा ५०० जना संक्रमित भेटिए निषेधाज्ञा गर्न सिफारिस

478

काठमाडाैं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिमसी) को बैठकले सक्रिय कोरोना संक्रमितको संख्या पहाडमा २ सय र सहरमा ५ सय जना नाघेमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ ।

आज बसेको बैठकले पहाडी जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित भएमा र सहरी क्षेत्रमा ५ सयभन्दा बढी सक्रिय संक्रमित भएमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको आदेश जारी गर्न सक्ने गरी निर्णय गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो ।

त्यस्तै, बैठकले भोलिदेखि सुरू हुने विद्यालय तहका सम्पूर्ण परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।

आजबसेको बैठकले सोमबारदेखि परीक्षा स्थगित गर्न सिफारिस गरेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...