काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले भोलिदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
पछिल्लो समय कोरोना संक्रमण दर बढिरहेकाले परीक्षा स्थगित गर्न सिफारिस गर्ने निर्णय भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।
विद्यालयदेखि विश्वविद्यालयसम्मले सञ्चालनले गर्ने सबै परीक्षा स्थगित गर्न सिफारिस गर्ने निर्णय भएको उनले बताए ।
विद्यार्थीमा कोरोना संक्रमण देखिए स्थानीय तहलाई नै बन्दाबन्दी गर्न आग्रह गर्ने पनि सिसिएमसीले निर्णय गरेको छ ।