चन्द्र लावारको ‘किन होला’मा डिमोन र सिर्जनाको प्रेम [भिडियो]

520

काठमाडौं । डिमोन क्षेत्री र सिर्जना जिसीबीचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको म्युजिक भिडियो “किन होला’ डिजिटल बजारमा सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा स्वर अमेरिकाको एट्लान्टा सहर निवासी गायक चन्द्र लावारको रहेको छ । गायक तथा संगीतकार सुरेश कुमार क्षेत्रीले संगीतवद्ध गरेको यस गीतमा शब्द अमेरिकामा रहेका गीतकार गोपाल क्षेत्रीको रहेको छ। यस गीतलाई राजन तामाङको संगीत संयोजन गरेका हुन्।

राम कुमार केसीले छायांकन गरेको यस भिडियोलाई विवेक सुनारले सम्पादन गरेका छन् । विवेक दत्त मंगेश सहायक निर्देशक रहेको यस भिडियोलाई राजिव समरको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...