स्पष्टीकरणबारे उपयुक्त समयमा निर्णय गर्छाैँ : ज्ञावली

304

काठमाडौं । नेकपा (एमाले)ले पार्टीभित्र समानान्तर गतिविधि गर्दै आएका झलनाथ खनाल–माधव कुमार नेपाल पक्षका सांसदहरुलाई तत्काल कारबाही नगर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकले खनाल–नेपाल पक्षका सांसदहरुलाई तत्काल कारबाही नगरी ‘उपयुक्त समयमा गर्ने’ निर्णय भएको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

बैठकमा नेपाल समूहले पार्टीभित्र षड्यन्त्र गरिरहेको निष्कर्ष निकालिए पनि उनीहरुले आगामी दिनमा गर्ने गतिविधिका आधारमा पार्टीले थप निर्णय गर्ने बताए । यसका लागि पार्टीको स्थायी कमिटीलाई आवश्यक निर्णय गर्न जिम्मेवारी दिइएको प्रवक्त ज्ञवालीको भनाइ छ ।

बैठकमा प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको अवस्था र सरकारको योजनाका बारेमा जानकारी गराएका थिए । प्रवक्ता ज्ञवालीले सरकारले तत्काल देशव्यापी लकडाउन नगर्ने जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...