काठमाडौं । नेकपा (एमाले) का नेता झलनाथ खनाल, माधव कुमार नेपालसहित १५ जना नेताले पार्टी स्थापन दिवसको अवसरमा संयुक्त अपिल जारी गर्दै पार्टी आज अचानक विभाजन र विसर्जनको डिलमा पुगेको बताएका छन् ।
“एमलेको एकता जोगाउन सकियो भने नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने आधार जोगिन्छ । यहीँ अठोटकासाथ ७२ वर्षको मिहनतले निर्माण भएको कम्युनिस्ट आन्दोलनको रक्ष र विकास गर्न सबैले आ–आफ्नो ठाउँबाट प्रयास गरौँ । पार्टी स्थापना दिवसको सन्दर्भमा कम्युनिस्ट पार्टीका आम नेता तथा कार्यकर्ता र समर्थक शुभचिन्तक सबैमा हामी यहीँ हार्दिक अपिल गर्दछौँ,” उनीहरुले भनेका छन् ।
अपिलमा नेपाल पक्षका नेताहरुले एमालेको अध्यक्ष केपी शर्मा ओलीका कारण पार्टी विभाजन र विसर्जनको डिलमा पुगेको आरोप लगाएका छन् । उनीहरुले ओलीको कारण एमालेमात्र नभएर कम्युनिस्ट आन्दोलन नै विसर्जनको दिशामा गएको बताएका छन् ।
खनाल–नेपाल अपिल