वीरगञ्ज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई न्यायाधीशसहित ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१ सय १२ जनाको पिसिआर नमुना परीक्षाण गर्दा दुई जना न्यायाधीशसहित ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उच्च अदालतका अन्य १२ जना कर्मचारीमा समेथ कोरोना संक्रमण देखिएको छ । बुधबार वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा शंकास्पद व्यक्तिहरुको स्वाब नमुना परीक्षण गरिएको थियो ।
संक्रमण पुष्टि भएकामध्ये २४ जना महिला छन् ।
पर्साका ७९, बाराका ७ तथा रौतहट रुकुमका १–१ जना रहेको नारायणी अस्पतालले जनाएको छ ।