दाङमा कोरोना संक्रमणबाट पत्रकारको मृत्यु

170

दाङ । दाङका पत्रकार दामोदर अधिकारीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । घोराही नगरपालिका-१७ बेलभार निवासी ४० वर्षीय पत्रकार अधिकारीको मंगलबार राति काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो ।

चैत २६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्था बिग्रदै गएपछि वैशाख ३ गते अधिकारीलाई हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...