वीरगञ्जमा उपचाररत ५७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

484

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका–१४ का ५७ वर्षीय कोरोना संक्रमित पुरुषको मंगलबार बिहान पौने १ बजे मृत्यु भएको हो ।

वीरगञ्जको गण्डकस्थित नारायणी वयोधा अस्पतालमा गत चैत २९ गतेदेखि उपचाररत ती ५७ वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा। सरोजरोशन दासले जानकारी दिए ।

भारतको दिल्लीबाट घर आएका ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि चैत २९ गते स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको संयोजक डा। दासले बताए । मृतक मुटुको दीर्घरोगी रहेका थिए।

संयोजक डा.दासकाअनुसार हाल ३२ जना संक्रमितहरु वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत रहेका छन् । जसमध्ये नारायणी अस्पतालमा २३ र नारायणी वयोधा अस्पतालमा ९ जना रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...