बाँकेमा होम आइसोलेसनमा बसेका संक्रमितको मृत्यु

224

बाँके । बाँकेमा होम आइसोलेसनमा बसेका एक संक्रमित पुरुषको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि आफ्नै घरमा बसेका एक पुरुषको आइतबार राति मृत्यु भएको हो ।

कोहलपुर नगरपालिका–१४ का ७५ वर्षीय पुरुषको आफ्नै निवासमा आइतबार राति १२ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थपन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

मृत्यु भएका व्यक्ति दीर्घरोग (पक्षपात) को रोगी भएको र उपचारका लागि भारत गइ वैशाख ४ गते नेपाल फर्केका थिए ।

वैशाख ५ गते नेपालगञ्ज मेडिकल कलेजमा शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भइ कोरोना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...