काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’बीच आज भेटवार्ता भएको छ ।
आइतबार सरकारका तर्फबाट ओलीका साथमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा‘बादल’ र नेकपाका तर्फबाट महासचिव विप्लवका साथमा पार्टी प्रवक्ता एवम् वार्ता टोलीका संयोजक खड्ग बहादुर विश्वकर्मा‘प्रकाण्ड’ उपस्थित भएको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटवार्तामा सरकार र नेकपाका नेताबीच भएको वार्तामा राजनीतिक पार्टीका बन्दी नेता–कार्यकर्ताको रिहाइ र मुद्दा खारेजीका विषयमा छलफल भएको थियो ।
नेकपाका नेताहरुले आफ्नो पार्टीका सम्पूर्ण बन्दी नेता–कार्यकर्ताको रिहाइबारे कुरा राख्दा प्रधानमन्त्री ओलीले थुनामा रहेका सबै नेता कार्यकर्ता यथाशीघ्र छुट्दै जाने विश्वास दिलाएका थिए ।