सरकार ढाल्ने खेलको सबैले प्रतिवाद गरौँ : उपप्रधानमन्त्री पोखरेल

240

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वर्तामान ओली सरकार ढाल्ने खेल सुरु भइरहेको भन्दै सबै जनता प्रतिवादमा उत्रिनुपर्ने बेला आएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजि कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले सरकार ढाल्ने खेल भइरहेको भन्दै उक्त कदमविरुद्ध सबै जतना प्रतिवादमा उत्रिनुपर्ने बताए ।

उनले भने, “बीचमा नै अनेक खालको जालझेल गरेर सरकार ढाल्ने फेरि नयाँ बनाउने, नयाँ खेलोमेलो गर्ने काम सुरु भयो भने यसले दुर्भाग्य निम्त्याउँछ । विकास र निर्माणका काम पनि रोकिन्छन् । समाजमा भद्रगोल सिर्जना हुन्छ । अहिले पनि राजनीतिक क्षेत्रमा विकृतिहरु, विसंगतिहरु देखा पर्न खोज्दैछ । सरकार ढाल्ने, सरकार ढाल्ने खेलमा लाग्ने । राजनीतिक र सामाजिक क्षेत्रका नराम्रा कुराको विरोध गर्नु जरुरी छ ।”

सही कुराको पक्षमा गलत कुराको विरुद्धमा सबै जनताले खबरदारी गर्नुपर्ने पनि उनले बताए ।

“यो काम पनि हामीहरुबाट होस् भन्ने कुरा म अनुरोध गर्न चाहन्छु । जनतामा निराश फैलाउने र अस्तव्यस्तता सिर्जना गर्ने प्रयास भयो भने यो राम्रो हुँदैन,” उनले भने,“सधैँ बस्छु भनेर हिजो निरंकुश राजाको बेलामा जस्तो त होइन । एउटा अवधिसम्म बस्ने हो । त्यो अवधिसम्म राम्रो काम गर्यो भने जनताले पुरस्कृग गर्छन्, राम्रो काम भएन भने जनताले दण्डित गर्छन् । यसलाई त हामीले मानेको हो नि ।”

जनताले सही र गलत क्रियाकलाप छुट्याएर हर क्षेत्रमा देखिएको गलत कार्यविरुद्ध प्रतिवाद गर्नुपर्ने पनि उनको जोड रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...