नेपालगञ्ज मेडिकल कलेजमा ४५ जनाको परीक्षण गर्दा सबैमा कोरोना संक्रमण

112

नेपालगञ्ज । नेपालगञ्ज मेडिकल कलेजमा बिहीबार स्वाब संकलन गरेर गरिएको ४५ जनाको कोरोना परीक्षण गर्दा शुक्रबार सबैको नतिजा पोजेटिभ आएको छ ।

परीक्षण गरिएकामा शतप्रतिशत संक्रमण पुष्टि भएको यो नै पहिलो घटना भएको जनाउँदै जिल्ला कोभिड–१९ संकट व्यवस्थपन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले यसबाट नै समुदायमा संक्रमणको अवस्थाबारे आंकलन गर्न सकिने बताए ।

परीक्षण गराएका मध्ये सबैमा संक्रमण पुष्टि भएपछि जिल्लाको अवस्था भयावह रहेको पुष्टि गरेको जनउँदै संक्रमण रोक्न विभिन्न कदमहरु उठाइएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...