‘हेर्देउन मायाले’ मा तक्मे बुडा र रजनीको रोमान्स [भिडियो]

382

काठमाडौं । निमा तामाङको स्वर र बादल लिम्बूको संगीतमा रहेको ‘हेर्देउन मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको शब्द रहेको छ । म्युजिक भिडियोमा विल्सनविक्रम राई (तक्मे बुडा) र रजनी गुरुङबीचको प्रेम–रोमान्स प्रस्तुत गरिएको छ ।

भिडियोमा निमा तामाङ, सुजन राई र बिशाल लिम्बूको समेत अभिनय देख्न सकिन्छ।

पाँचथरको सुन्दर दृश्य समावेश गरिएको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । भिडियोमा विल्सनविक्रम राईको कन्सेप्ट र कोरियोग्राफी रहेको छ ।

किरण राईको छायांकन र निर्देशनमा भिडियो तयार पारिएको हो। तक्मेबुडा डटकममार्फत भिडियो सार्वजनिक गरिएको हो।

Share This:
सम्बन्धित खबर
Loading...