वीरगञ्ज । कोरोरा भाइरस (कोभिड–१९) संक्रमणबाट वीरगञ्जमा एक व्यक्तिको मृत्यु भएको छ ।
बिहीबार बिहान नारायणी अस्पतालको आइसियूमा उपचाररत एक महिलाको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।
ती बिरामीमा मोटोपन बढी रहेको र ज्वरो आउने, पखाला लाग्नेलगायतका समस्या रहेको संयोजक दासले बताए ।
योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।