ओली कम्युनिस्टको खोल ओडेर कम्युनिस्टलाई नै सिध्याउने कसम खाएका छन् : युवराज ज्ञवाली

296

रुपन्देही । नेकपा एमालेका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री ओली कम्युनिस्टको खोल ओडेर कम्युनिस्टलाई सिध्याउन कसम नै खाएको लागेको आरोप लगाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले रुपन्देहीमा आयोजना गरेको विस्तारित बैठकमा बोल्दै ज्ञवालीले ओलीलाई प्रधानमन्त्री एमव् पार्टी अध्यक्ष सबैको जिम्मेवारी दिँदा पनि विदेशीको इशारामा काम गरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्न कसम नै खाएर लागेको आरोप लगाएका हुन् । अदालतले पार्टी एकतालाई भंग गरेपनि अहिले नेपालमा कम्युनिस्टहरुको बहुमत भएकोले माओवादीसँग मिलेर सरकार चलाउन गारो नभएको जिकिर गर्दै ज्ञवालीले प्रधानमन्त्री ओली रेशम चौधरीको मुद्धा बोकेर सरकार बचाउन लागेको बताए ।

त्यस्तै बैठकमा बोल्दै एमालेका नेता घनश्याम भुसालले ओली समूह नेकपा एमाले नै सिध्याउन लागेको बताए । भुसालले ओलीले पार्टी कब्जा गरेर कम्युनिस्ट आन्दोलन सिध्याउन लागेको बताउँदै पार्टी एकता जोगाउन सबैलाई आग्रह गरे ।

त्यस्तै विस्तारित भेलाले राजु गुरुङको अध्यक्षतामा २०५ सदस्यीय समानान्तर कमिटी गठन गरेको छ ।

नेपाल पक्षीय जिल्ला कमिटीको उपाध्यक्षमा पुरूषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी दिएको छ । क्षेत्रीय कमिटी, पालिकास्तरीय इञ्चार्ज र जनवर्गीय संगठनमा संयोजक समेत तोकिएको आयोजकले जनाएको छ।

Share This:
सम्बन्धित खबर
Loading...