त्रिकोणात्मक टी–२० सिरिजको खेल समय परिवर्तन

605

काठमाडौं । वैशाख ४ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा हुने त्रिदेशीय टी–२० क्रिकेट प्रतियोगिताको खेल समय तालिका परिवर्तन भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले प्राविधिक कारण देखाउदै खेलको तालिका परिवर्तन गरिएको जानकारी दिएको हो ।

क्यानले नेपालले खेल्ने खेलको समय परिवर्तन गरेको हो । २ः१५ बजे सुरु हुने खेललाई एक घन्टा अघि सारेको छ । नयाँ तालिका अनुसार नेपालको खेल १ः१५ बजे सुरु हुनेछ ।

यस्तै फाइनल खेल पनि १ः१५ बजे सारिएको छ ।

प्रतियोगितामा नेपालसहित नेदरल्यान्ड्स र मलेसिया सहभागी छन् । दुवै टोली मंगलबार काठमाडौं आइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...