काठमाडौं । नेकपा (एमाले) दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक वैशाख ६ गते बस्ने भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक विषमा पार्टीको धारण तय गर्न बैठ बोलाएको एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।
यसअघि एमालेको केन्द्रीय कमिटीको दशौँ, एघारौँ र बाह्रौँ बैठकले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरी पार्टीमा अध्यक्ष र महासचिव मात्र पदाधिकारी राखेको थियो ।
झलनाथ खनाल–माधव कुमार नेपाल समूहको सहभागिताबिना बसेको बैठकले तीन नेताहरुसहितको २ सय ६४ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेकामा यसबीचमा नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनस्याम भुसाललाई निलम्बन गरिएको छ ।