बुटवल कोरोना विशेष अस्पतालमा थप एकको मृत्यु

595

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमित बिरामीको आजैमृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्घाखाँचीकी मालारानी–५ की ७९ वर्षीयमा महिला रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमकाअनुसार चैत्र २७ गते कोरोना संक्रमण पुष्टि भइ सोही दिन अस्पताल भर्ना भएकोमा सोमबार बिहान ९ः५० बजे मृत्यु भएको हो । उनमा ज्वरो, दम र निमोनियाको समस्या रहेको प्रवक्ता डा. गौतमले बताए ।

यसैगरी आज बिहान सोही अस्पतालमा दुई जनाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

याे पनि पढ्नुस् 

कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत २ जनाको कोरोनाबाट मृत्यु

Share This:
सम्बन्धित खबर
Loading...