विद्यालय बन्द नगर्न सरकारलाई सरोकारवालाहरुको सुझाव

641

काठमाडौं । निजी स्कुल सञ्चालकहरुले कोरोनाको त्रास देखाएर अहिले विद्यालय बन्द गर्नुनपर्ने अडान राखेका छन् ।

नयाँ प्रजातिको कोरोना भाइरसको जोखिम बालबालिका र युवामा देखिन थालेपछि संक्रमण बढेका ठाउँमा शिक्षण संस्था बन्द गर्ने छलफल चलिरहेको बेला सरोकारवाला भने विपक्षमा उभिएका हुन् ।

शिक्षा मन्त्रालयले आज बिहान छलफलका लागि प्याब्सन, एनप्याब्सन, अभिभावक संघ र स्थानीय तहका प्रतिनिधिहरुलाई बोलाएको थियो ।

छलफलमा सहभागी शैक्षिक क्षेत्रका सरोकारवालाहरुले विद्यार्थीको परीक्षा आइरहेको भन्दै विद्यालय बन्द गर्न नहुने सुझाव दिएका छन् । गर्नै परे स्थानीय तहहरुले त्यहाँको अवस्था हेरेर गर्न सक्ने नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले बताए ।

सिसिएमसीले भने संक्रमण बढेका ठाउँमा विशेष गरी काठमाडौंलगायत ठूला सहरी क्षेत्रमा रहेका विद्यालय कम्तिमा ३ साता शिक्षण संस्था बन्द गरेर अनाइन कक्षा सञ्चालन गर्न सिफारिस गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...