कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत २ जनाको कोरोनाबाट मृत्यु

618

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा–१ की ७१ वर्षीया महिला र प्युठान जिल्ला स्वर्गद्वारी–९ का ४३ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमकाअनुसार चैत्र २३ गते कोरोना संक्रमण भएपछि भर्ना भएकी महिलाको बिहान ७ः२३ मिनेटमा मृत्यु भएको हो ।

यस्तै गत चैत्र १० गते पिसिआर रिपोर्ट पोजेटिभ आएपछि अस्पतालमा भर्ना गरिएका पुरुषको सोमबार बिहान ५ बजे मृत्यु भएको हो ।

दुवै जनामा निमोनियाको समेत समस्या रहेको थियो । बुटवलस्थित कोरोना विशेष अस्पतालमा हाल सातजना संक्रमित उपचाररत छन् ।

Share This:
सम्बन्धित खबर
Loading...