प्रदेश २ का चारजना सांसदलाई प्रचण्डले सोधे स्पष्टीकरण

316

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेकपा (एमाले) मा प्रवेश गरेका ४ जना सांसदलाई स्पष्टीकरण सोधेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको बेला प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका माओवादी केन्द्रका ४ जना प्रदेशसभा सदस्य एमालेमै रहने पक्का भएपछि पत्र काटेर स्पष्टीकरण मागेका हुन् ।

माओवादी संसदीय दलका नेतानै एमालेतिर लागेपछि पार्टीले चारैजनालाई कारबाही प्रक्रिया अघि बढाएको स्रोतले जनाएको छ ।

एमालेमा लागेका ४ मध्ये ३ जना प्रत्यक्ष निर्वाचित छन् । रामचन्द्र मण्डल धनुष–१ (ख), ज्वाला कुमारी साह बारा क्षेत्र नम्बर ३ (क) र कुन्दनप्रसाद कुशवाह रौतहट–३ (ख) बाट निर्वाचित भएका हुन् ।

बाराबाट समानुपातिकतर्फ निर्वाचित मोहम्मद समिर पनि एमालेतर्फ लागेका हुन् । उनीहरु चारैजनालाई २४ घन्टे स्पष्टीकरण सोधिएको माओवादीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...