विप्लव समूहको स्पष्टोक्तिः ‘गुमनाम छैन, पार्टीको काममा व्यस्त छन्’

367

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ पार्टीको राजनीतिक संगठनात्मक काममा व्यस्त रहेको स्पष्ट पारेको छ ।

सञ्चार माध्यममा आएका ‘विप्लव गुमनाम’ भन्ने समाचारको खण्डन गर्दै विप्लव समूहले एक विज्ञप्तिमार्फत उनी पार्टीको राजनीतिक तथा संगठनात्मक काममै व्यस्त रहेको स्पष्ट पारेको हो । समूहले अनुचित प्रचारबाजी बन्द गर्न पनि अनुरोध गरेको छ ।

विप्लव समूहले ३ बुँदे सहमतिप्रति पूणै प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ । सरकारसँगको सहमतिमा प्रतिबद्ध रहेको भन्दै विप्लव समूहले सहमति भाँड्ने गरी गलत प्रचार नगर्न पनि आग्रह गरेको छ ।

विप्लव समूहले सरकारसँग फागुन २१ मा ३ बुँदे सहमतिमा हस्ताक्षर गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...