काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, मन्त्रालयका सहसचिव तथा उपसचिव गरी २६ कर्मचारीको सरुवा गरेको छ ।
यही चैत्र २६ को मृहमन्त्रीस्तरीय निर्णअनुसार मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईलाई अध्यागमन विभागको प्रमुख, सहसचिव शिवराम गेलाललाई बाँकेको प्रजिअ, धमेन्द्र मिश्रलाई नवलपरासी पश्चिमको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।