कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्ने षडयन्त्रविरुद्ध सबै एकजुट हौँ : प्रवक्ता श्रेष्ठ

525

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्र भइरहेको भन्दै त्यसलाई प्ररास्त गर्न सबै एकजुट हुनुपर्ने बताएका छन् ।

जुछे अध्ययन विचार केन्द्रले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले देशी विदेशी शक्तिहरु कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्ने षडयन्त्रमा लागेको बताएका हुन् ।

उनाले समाजवादमा जाने अवसर नेपालकै केही कम्युनिस्टका कारण नै गुमेको उल्लेख गरे । नेता श्रेष्ठले संसद पुनः स्थापना भएपनि मुलुकमा राजनीतिक संकटको खतराबाटमुक्त भइनसकेको तर्क गरे । उनले पदीय स्वार्थका लागि विदेशी हस्तक्षेपलाई आमन्त्रण गर्ने प्रवृति देखिएको भन्दै अहिलेको अवस्था ठिक त्यस्तै रहेको बताए ।

उनाले राजनीतिक उपलब्धीको रक्षा गरेर प्रतिगमनकाविरुद्ध लड्नुपर्ने बेला आएको धारणा पनि राखे ।

Share This:
सम्बन्धित खबर
Loading...