यी हुन् बागमतीमा खनाल–नेपाल पक्षीय एमालेको जिल्ला अध्यक्ष

541

काठमाडौं । नेकपा एमालेका झलनाथ खनाल–माधव कुमार नेपाल समूहले आज बागमती प्रदेशको समानान्तर कमिटी घोषणा गर्दै छ ।

राजधानीको एक पार्टी प्यालेसमा कार्यक्रम गरी समानान्तर कमिटी घोषणा गर्न लागेको हो ।

बागमती प्रदेशका १३ जिल्लामाध्ये ललितपुरमा हरिकृष्ण थापा र श्याम सिलवालमध्ये एकजनालाई अध्यक्ष बनाउने तयरी रहेको श्रोतले जनाएको छ ।

सिन्धुपाल्चोकमा झम्क नेपाल, सिन्धुलीमा खड्ग खत्री र सूर्य पाख्रिनमध्ये एकजना, नुवाकोटमा नारायण खतिवडालाई अध्यक्ष बनाउने तयारी रहेको बताइएको छ ।

दोलखामा भीम दाहाल र प्रोणप्रसाद केसीमध्ये एक, भक्तपुरमा ध्रुव विष्ट, काठमाडौंमा वसन्त मानन्धरलाई अध्यक्ष र कुसुमकुमार कार्कीलाई सचिव बनाइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...