त्रिकोणात्मक टी–२० सिरिजको टिकट मूल्य तय

603

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वैशाखमा त्रिवि क्रिकेट मैदानमा हुने त्रिकोणात्मक टी–२० सिरिजको टिकट मूल्य निर्धारण गरेको छ ।

क्यानले नेपालसहित मलेसिया र नेदरल्यान्डीबीच हुन त्रिकोणात्मक सिरिजको टिकट मूल्य १ सय ५० रुपैयाँ निर्धारण गरेको छ ।

खेल दिउँसो २ः१५ बजेदेखि ५ः१५ बजेसम्म हुनेछ ।

प्रतियोगिता वैशाख ४ देखि ११ गतेसम्म हुनेछ । डबल लिगको आधारमा शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।

नेपालले १४ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ । नेपालले पछिल्लो पटक फागुनमा थाइल्यान्डमा एसिसी इस्टर्न रिजन टी–२० एसिया छनोट खेलेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...