राजभण्डारीको प्रश्न– एमसिसी किन अगाडि बढाइएन ?

1,236

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले एमसिसिलगायतका सम्झौताहरु किन अघि बढेन भनी प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सरकारले किन संसद्लाई क्रियाशील गराएन भनी प्रश्न गरेका हुन् ।

“प्रतिनिधिसभा पुनः स्थापना भएको १ महिना पुगेको छ । संसद्‌मा बिजनेस छैन, तर संसद्‌मै विचाराधीन एमसिसिलगायत आठवटा अन्तर्राष्ट्रिय सम्झौता किन रोकियो ?,” उनले भने,“हप्ताको एक दिन होइन दिनको आठ घन्टा चलाउने गरी काम ल्याउन आग्रह गर्दछु ।”

प्रतिनिधिसभाको अहिलेको गतिले हाम्रो क्षमता कहाँ छ ? भन्ने प्रश्न उठेको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...