मूल्यवृद्धिको विरोधमा नेपाल पक्षीय अनेरास्ववियूद्वारा आयल निगम घेराउ

581

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)को एक समूहले आज आयल निगम घेराउ गरेको छ ।

माधव कुमार नेपाल पक्षीय अनेरास्ववियूको केन्द्रीय कमिटीद्वारा आयोजित घेराउ कार्यक्रममा विद्यार्थी नेताहरुले आयल निगमविरुद्ध नाराबाजी गरेका थिए ।

प्रर्दशनका क्रममा मूल्यवृद्धि तत्कार फिर्ता लिन माग गरेका थिए ।

नेपाल पक्षका अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र महासचिव आरती लामाले घेराउको नेतृत्व गरेका थिए ।

आयल निगमले आइतबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा २ रुपैयाँले बढाएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...