काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पछिल्लो विवरणअनुसार निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको छ ।
नयाँ मूल्यअनुसार अब पेट्रो प्रतिलिटर १ सय २० रुयैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टीतेलमा समेत २ रुपैयाँ वृद्धि गरेको छ । नयाँ मूल्य अनुसार डिजेल र मट्टीतेल प्रतिलिटर १ सय ३ पुगेको छ ।
नयाँ मूल्यसूचि आज मध्यराति १२ बजेदेखि लागु हुनेछ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।