लागुऔषध गाँजासहित १ जना पक्राउ

287

मोरङ । उर्लाबारी-३ थापा चौक स्थितमा बस्ने ३८ वर्षीय प्रेम धिमाल लागुऔषध गाँजासहित पक्राउ परेका छन् ।

उनलाई आइतबार दिउँसो २ बजे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले ४ किलोभन्दा बढी गाँजासहित पक्राउ गरेको हो ।

धिमालले घरमा गाँजा लुकाइराखेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा खाटमुनी जेब्रा झोलामा लुकाई राखेको १/१ किलोको ४ पोका र खुल्ला अवस्थामा रहेको ८ सय ग्राम गाँजा फेला पारी बरामद गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...