‘निलो कुर्ताले’मा आँचल र निराजनको रोमान्स [भिडियो]

301

काठमाडौं । गायिका मेलिना राई र गायक लोक पौडेलको युगल गायनमा समावेश ‘निलो कुर्ताले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

डान्सिङ शैलीको यस गीतमा शब्द र संगीत दिपक शर्माको रहेको छ । गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा नायिका आँचल शर्मा र मोडल निराजन प्रधानबीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।

शिशिर खातीले कोरियोग्राफी गरेको यस भिडियोलाई उज्ज्वल जोशीले छायांकन तथा सम्पादन गरेका हुन्। शिशिर तामाङ (छबि) क्रियटिभ डिरेक्टर रहेको यस भिडियोलाई राज खड्काको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो।

मिरा इन्टरटेन्मेण्टको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो।

 

Share This:
सम्बन्धित खबर
Loading...