ओलीको फुर्ती प्रधानमन्त्री रहेसम्म मात्र : नेपाल

578

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले केपी ओलीको फुर्र्ती प्रधानमन्त्री रहेसम्म मात्र भएको बताएका छन् ।

शनिबार आफूनिकट कार्यकर्ता भेलामा बोल्दै ओलीको फुर्ती प्रधानमन्त्री भइञ्जेलसम्म मात्र भएको बताएक हुन् । उनले भने, “केपी ओलीको जुन फुर्ती छ, त्यो प्रधानमन्त्री भइञ्जेलमात्र हो ।”

वरिष्ठ नेता नेपालले ओली एमाले नभएको समेत बताए । “केपी ओली एमाले नेता रे । के एमाले, माले केपीले बनाएको हो ? त्यतिखेर त केपी ओली जेलमा थिए । त्यसैले एमालेको लिडर हामी हौँ ।”

यसकारण एमालेको लिडर आफूहरुमात्र रहेको उनले बताए । अहिलेसम्म आफूले नै पार्टी थेग्दै आएको बताउँदै फेरि पनि नयाँ पुस्तालाई समेटेर अगाडि बढ्ने प्रतिवद्धता उनले जाहेर गरे ।

ओली कम्युनिष्ट आदर्शबाट नै स्खलित भएको उनको आरोप छ । कुर्सीको मात्र प्यारो लाग्ने ओलीले पार्टीलाई छिन्नभिन्न र धराशयी बनाएको उनले आरोप लगाए ।

उनले भने, “तानाशाहमा व्यक्तिवाद हावी हुन्छ । अहंकारी मात्र हुन्छ , कुमाइ मात्र हुन्छ । अहिले कपी ओलीमा यहीँ प्रवृति हुर्कँदै गएको छ । यो अति भयो भने अन्त्य हुन्छ । त्यसैले केपी ओलीको अन्त्य सुनिश्चित छ ।”

संगठन नमान्ने र एकलौटी र व्उक्तिवादी कम्युनिष्ट नहुने बताउदै विधानविपरीत नेताहरुलाई कारबाही चलाएको पनि उनले स्पष्ट पारे । साथै, ओलीले एकलौटी कारबाहीले आफूहरु नडराउने पनि उनले बताए ।

उनले भने,“ हामी डराउनेवाला छैनौँ, कोही खुट्टा कमाउनेवाला छैन । याद रहोस् यो कुरा केपी ओलीलाई, जंगलमा युद्ध लडिरहेका माओवादी द्वन्द्वको समेत हामीले नै समाधान गरेका हौँ । कुनै विदेशी आएर गरेको होइन ।”

Share This:
सम्बन्धित खबर
Loading...